images
images

मंगलवार, जेठ ८ गते २०८१

स्वास्थ्यमन्त्रीद्वारा गृह जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात

स्वास्थ्यमन्त्रीद्वारा गृह जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात

images
images
images
बुधवार, फाल्गुण २६ २०७७
बुधवार, फाल्गुण २६ २०७७
  • स्वास्थ्यमन्त्रीद्वारा गृह जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात

    नवलपरासी, २६ फागुन।
    संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले गृह जिल्ला पश्चिम नवलपरासीमा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेका छन् ।

    images
    images
    images

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बुधबार एक कार्यक्रमकाबीच मन्त्री त्रिपाठी स्वयंले स्वास्थ्य बिमा सदस्यता दर्ता गरी स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

    नेपाल सरकारले २०७२ सालदेखि सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ६९ औं जिल्लाको रुपमा बुधबारबाट पश्चिम नवलपरासीमा समेत सुरु भएको छ । 

    सोही कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियानका साथै देशभरका सबै स्थानीय तहमा १० देखी १५ शैयाको अस्पताल निर्माण कार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कोरोनाको खोप किन्नका लागि सरकारले ४८ अर्ब रुपैयाँ बजेट छुट्टाएको बताउदै उनले सो रकमलाई कुशल व्यवस्थापन गर्दै सात वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको अस्पताल सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको बताए ।

    मन्त्री त्रिपाठीले पछिल्लो समय जनताको राजनैतिक मनोविज्ञानमा परिवर्तन आउन थालेको बताउदै अहिलेको राजनीति घटनाक्रम मध्यान्तर अवस्थामा भएको बताए । पश्चिम नवलपरासीमा स्वास्थ्य बिमा कार्यक्रमको लागि ७४ जना सहजकर्ता दर्ता रहेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij