२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीद्वारा रक्तदान

शुक्रवार , कार्तिक ३०, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ३० कार्तिक । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले शुक्रबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संगठनको ११ औं वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष राम प्रसाद पोखरेलले बताए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको पोखरेलले बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ वडा समिति कार्यालयको सहयोगमा भएको कार्यक्रममा २६ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संगठनका कार्यसमिति सदस्य सुशिल पौडेलले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले रक्तदान जीवनदान भएको भन्दै कार्यक्रम आयोजक र रक्तदातालाई धन्यवाद दिए ।

    IMG_4434.JPG

    संगठनका कार्यसमिति सदस्य अर्जुन प्रसाद गौतमको स्वागत तथा महासचिव बाल बहादुर घिमिरे (सुनिल) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको ११ औं वार्षिक साधारण सभा मंसिर १ गते शनिबार (भोली) भैरहवास्थित होटल सन स्टारमा हुने संगठनका संगठनका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।