२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ट्रंक र डेडिकेटेड लाइन बिवाद : रुपन्देहीका १३ उद्योगमा जोडियो बिद्युत लाईन

बुधवार , कार्तिक २८, २०८१

भैरहवा, २८ कार्तिक । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापतको विद्युत महशुल नतिरेको भन्दै लाईन काटिएका रुपन्देहीका १३ उद्योगमा बिद्युत जडान गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले लाईन काटिएका उद्योगमा बिद्युत जोड्ने निर्णय गरेपछि रुपन्देहीका १३ उद्योगमा लाईन जडान गरिएको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए । 

रुपन्देहीका उद्योगमा मंगलवार राति गएर बिद्युत लाईन जडान गरिएको हो । मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने निर्णय गरेपछि बिद्युत प्राधिकरणले सरकारको निर्णय कार्यन्वयन गर्दै लाईन काटिएका उद्योगमा बिद्युत जडान गरिएको प्राधिकरणले जनाएको छ । 

बिद्युत प्राधिकरणले टं«क र डेडिकेटेट लाईन प्रयोग गरेको महशुल नतिरेको भन्दै रुपन्देहीका १८ वटा उद्योगको लाईन काटेको थियो । लाईन काटिएपछि ५ वटा उद्योगले लाईन काटिएको केहि समयमै बिद्युत महशल बुझाएका थिए । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने, १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको उर्जा मन्त्रालयले जनाएको छ । 

प्राधिकरणले यही कात्तिक ८ मा डेडिकेटेड र ट्रंक लाइनबापत बिजुली खपत गरी बक्यौता नतिरेको भन्दै रुपन्देहीका १८ सहित २८ उद्योगमा बिजुली काटेको थियो ।