२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

लाईन काटिएका २८ उद्योगमा बिजुली जोडियाे

बुधवार , कार्तिक २८, २०८१

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा । लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिएकाे छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले लाईन काटिएका उद्योगमा बिजुली जोड्ने निणर्य गरे अनुसार लाइन जाेडिएकाे ऊर्जा मन्त्रालयले जनाएको छ । 

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने, १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निणर्य गरेको मन्त्री दीपक खड्काले बताए । 

    प्राधिकरणले यही कात्तिक ८ मा डेडिकेटेड र ट्रंक लाइनबापत बिजुली खपत गरी बक्यौता नतिरेको भन्दै २८ उद्योगमा बिजुली काटेको थियो । किस्ताबन्दी सुविधा लिएर पहिलो किस्ता तिरेपछि १२ उद्योगमा तिहारअघि नै बिजुली जोडिएको थियो ।

    प्राधिकरणले सरकारी २ उद्योग र अन्तरिम आदेश लिएका ७ वटा उद्योगमा बिजुली काटेको थिएन । मन्त्रिपरिषद्को निणर्य कार्यान्वयन गर्ने क्रममा प्राधिकरण सञ्चालक समितिले निणर्य गरिसकेको भन्दै अब क्रमशः बिजुली जोडिने प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए । 

    ‘मन्त्रिपरिषद्ले बिजुली जोड्ने निणर्य गरेको थियो, त्यसलाई कार्यान्वयन गर्ने क्रममा बोर्डले पनि निणर्य गरिसकेको छ,’ उनले भने, ‘अब लाइन काटिएका उद्योगमा बिजुली जोडिनेछ ।’

    ०८० पुस २४ मा बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको उक्त आयोगले गत वैशाख २३ मा तत्कालीन ऊर्जामन्त्री शक्ति बस्नेतसमक्ष प्रतिवेदन बुझाएको थियो । आयोगले पहिलो अवधि ०७२ साउनदेखि ०७२ पुससम्मको महसुल तय नभइसकेको र तेस्रो अवधि ०७५ जेठदेखि ०७७ असारसम्मको हकमा लोडसेडिङ अन्त्य भइसकेकाले बक्यौता उठाउन नमिल्ने सुझाएको छ ।

    दोस्रो अवधि अर्थात् ०७२ माघदेखि ०७५ वैशाखसम्मको हकमा तोकिएको मापदण्डअनुसार ग्राहकलाई विद्युत् आपूर्ति भएका दिन तथा अवधि यकिन गरी पुनः हिसाब गरी छुट महसुल लिनुपर्ने आयोगको सुझाव छ ।

    डेडिकेटेडको हकमा २४ घण्टा निरन्तर आपूर्ति हुनुपर्ने र ट्रंक लाइनका हकमा ६ घण्टा लोडसेडिङ भएको अवस्थामा समेत कम्तीमा निरन्तर २० घण्टा बिजुली आपूर्ति हुनुपर्ने मापदण्ड थियो ।