२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ध्यान दिनुस् : मुख्यमन्त्री आचार्य

आइतवार , कार्तिक ११, २०८१

  • 937
    Shares
  • 937
    Shares
  • दाङ, ११ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक संगठनका नेतृत्वलाई निर्देशन दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै जानु चिन्ताको विषय भएको बताए । उनले नतिजा सुधार गर्न शिक्षकहरुलाई निर्देशन दिए ।

    ‘एसईईको नतिजा के कस्तो आयो सबैलाई अवगत छ । अबको नतिजा त्यस्तो नहोस््’मुख्यमन्त्री आचार्यले भने,‘शैक्षिक गुणस्तर सुधार गरेर तपाई कार्यरत विद्यालयलाई नमूना बनाउन ध्यान दिनुस् ।’ सामूदायिक विद्यालयलाई सबै हिसाबले नमूना बनाउने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन थियो।

    ‘पठनपाठनको दृष्टिले विद्यालयलाई नमूना बनाउनैपर्छ’उनले भने,‘नतिजा सन्तोषजनक देखिदैनन । यसमा सुधार गर्नैपर्छ ।’ असोज १२ सम्पन्न जिल्ला सम्मेलनले नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको नेतृत्व चयन गरिएको थियो । संगठनका जिल्ला अध्यक्ष मिनराज शर्माले कार्यालयको भवनलाई सिकाई केन्द्रको रुपमा विकास गर्ने गरी साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने भनाइ राखे ।