२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देही सुनचाँदी व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा गोपाल रामदाम

आइतवार , कार्तिक ११, २०८१

  • 619
    Shares
  • 619
    Shares
  • भैरहवा, ११ कार्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुनमान रसाइलीले सुनलाई एकद्वार प्रणालीबाट देशभरीका व्यवसायीहरुलाई विक्री गर्ने व्यवस्था गरिने बताएका छन् । शनिबार रुपन्देही सुनचाँदी व्यवसायी संघ रुपन्देहीको सातौं, आठौं र नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई भैरहवामा सम्बोधन गदै रसाइलीले सुनचाँदी व्यवसायीका पीर, मर्का र भावनालाई महासंघले निकै ध्यानमा राखेर काम गर्न तत्पर भएको बताएका हुन् । उनले सुन वितरण प्रणाली पारदर्शी र वैज्ञानिक बनाइने बताए । अध्यक्ष रसाइलीले सुनचाँदी व्यवसायलाई आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरे । 

    त्यस्तै रुपन्देही सुनचाँदी व्यवसायी संघ रुपन्देही अध्यक्ष रामकिसन विश्वकर्माले सुनचाँदी व्यवसायीलाई आवश्यक कर्चा पदार्थको अभाव रहेको बताए । राज्यले व्यवसायीहरुलाई सानासाना कुरामा दुख दिने गरेको गुनासो गर्दै वि.क.ले ठूला पूँजीवालाहरु व्यवसायमा हावी हुँदा वास्तविक व्यवसायी मर्कामा परेको औल्याए । 

    नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रीय सदस्य दीपक विश्वकर्माले कर्चा पदार्थको अभाव भएको तथा सुन कारोबारमा राज्यको व्यवस्थापनमा कमजोर रहेको बताए । 

    रुपन्देही सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरीले नेपालको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न जरुरी भएको भन्दै परम्परागत पेशा गदै आएका व्यवसायीलाई आधुनिकीकरण गर्न संघ लाग्नुपर्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले व्यवसायमा आउने हरेक समस्यामा आफूहरु सहयोग गर्न सक्ने बताए । देशको अर्थतन्त्रमा सुनचाँदी व्यवसायीको महत्वपूर्ण भूमिका रहने श्रेष्ठको भनाइ छ । 

    कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, संघका पूर्वअध्यक्ष जोगलाल विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हरि विश्वकर्मा, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिश कुमार कौशल (दीपक), देवदह सुनचाँदी व्यवसायी महिला समिति अध्यक्ष सुजता गहतराज, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, पत्रकार फूलु सुनारलगायतले कार्यक्रममा भनाइ राखेका थिए ।
    कार्यक्रममा संघका अध्यक्ष विश्वकर्माले वार्षिक प्रतिवेदन, महासचिव सिताराम रसाइलीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज सेन्चुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संघका अध्यक्ष राम किसन विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष किशोर कुमार सेन्चुरीको स्वागत तथा महासचिव सीताराम रसाइलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।   

    Sunchadi (2).JPG

    यसैबीच, नेपाल सुनचाँदी व्यवसायी संघ रुपन्देहीको सातौं, आठौं र नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले गोपाल विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    संस्थाको वरिष्ठ उपाध्यक्षमा मनोज सेन्चुरी, प्रथम उपाध्यक्षमा तिलक विश्वकर्मा, द्वितीय उपाध्यक्षमा सुरज बराल, महासचिवमा सतिश कुमार कौसल (दीपक), सचिवमा भुवन बराल, सुजता गहतराज, कोषाध्यक्षमा सञ्जय सेन्चुरी र सह–कोषाध्यक्षमा जीवन गहतराज निर्वाचित भएका छन् । 

    त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा बलराम सुनार, किरण लामगादे, पदम बहादुर वि.क., माया वि.क., सोम बहादुर गहतराज, दुर्गा बहादुर लोहार, राम बहादुर वि.क., बुद्धि बिनोद घमाल, ठाकुर गौतम र भवानी प्रसाद सोनारलाई चयन भएको र्निवाचन अधिकृत अधिवक्ता पदम कार्कीले जानकारी दिए ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोपाल रामदाम विश्वकर्माले आउने दिनहरुमा सबैलाई समेटेर अगाडि बढ्दै व्यवसायीको हकहितको निम्ति काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।