२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सामुदायिक धर्मशाला संरक्षण समिति मेउडिहवाद्वारा रक्तदान

आइतवार , कार्तिक ११, २०८१

  • 943
    Shares
  • 943
    Shares
  • भैरहवा, ११ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित सामुदायिक धर्मशाला संरक्षण समिति मेउडिहवाले शनिबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखा, रुपन्देहीको समन्वय तथा सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा समितिको कार्यालयको सहकार्यमा निर्माणाधिन सामुदायिक धर्मशाला भवनमा कार्यक्रम गरिएको आयोजक समितिका अध्यक्ष श्याम कोहारले बताए । उनले रक्तदानको ठूलो महत्व रहेकोले स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा रक्तदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ३२ यूनिट रगत संकलन भएको कोहारले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले सामुदायिक धर्मशाला संरक्षण समिति मेउडिहवाले पुनित कार्य गरेको बताए । उनले रगतको अभाव हुन नदिने उद्देश्यले आयोजना गरिने यस्ता कार्यक्रम सफल बनाउन आगामी दिनमा पनि वडा समितिको कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले आफूले हालसम्म ३३ पटक रक्तदान गरिसकेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । ‘रगतले मानिसको ज्यान जोगाउँछ ’उनले भने–यसैले पनि यस्ता कार्यक्रमको ठूलो महत्व छ ।’

    नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखाका सभापति राकेश गुरुङले रक्तदानको महत्वका बारेमा भनाइ राखेका थिए ।

    सामुदायिक धर्मशाला संरक्षण समिति मेउडिहवाका अध्यक्ष श्याम कोहारको अध्यक्षता, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको प्रमुख आतिथ्यता, समितिका सदस्य राम प्रसाद कोहारको स्वागत तथा विरेन्द्र कुमार कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_3031.JPG
    IMG_3020.JPG

    IMG_3116.JPG