२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

माधव नेपालको चेतावनी-पार्टी विभाजन गर्ने अध्यादेश ल्याए राम्रो हुँदैन

सोमवार , कार्तिक ५, २०८१

  • 814
    Shares
  • 814
    Shares
  • कपिलवस्तु, ५ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अन्य पार्टीलाई टुक्रयाउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका छन् । उनले अरुलाई सिध्याउने उद्देश्यले अध्यादेश ल्याउन लागेको सुनेको बताउँदै सरकारलाई अन्य पार्टीलाई टुक्रयाउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका हुन् । 

    पार्टीको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकलाई सोमबार कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले हिटलरी शैलीलाई परित्याग गर्न घुमाउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं’ नेपालले भने –‘अरु पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन ।’

    उनले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफै समाप्त भएर जाने बताए । ‘संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्’ ओलीतर्फ संकेत गर्दै नेपालले भने । आफूहरूमा एमाले र केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको बताए । उनले आफुहरु देश विकास कसरी गर्ने भन्ने विषयमा सहयोगी बन्न तयार रहेको बताए ।

    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कतिपयले नेकपा (एकीकृत समाजवादी) का बारेमा भ्रम फैलाएको बताए । ‘एमालेमा विलिन हुने वा माओवादीमा मिसिन लागेको भनेर गरेको प्रचार गलत छ, हामी कसैसँग विलिन हुँदैनौ, आफ्नै खुट्टामा उभिन्छौं’ अध्यक्ष नेपालले भने । उनले विचार र मन मिल्नेहरुसँग सहकार्य गरी मोर्चा भने बनाउने बताए । उनले क्रान्तिकारीहरुबीच माओवादी, विप्लव र नेपाल समाजवादी पार्टीसँग मिलेर राजनीतिक मोर्चाबन्दी गरेको बताउँदै तत्काल कसैसँग एकता गर्ने पक्षमा भने नरहेको बताए । 

    उनले आफूहरुलाई राम्रो देख्नेले राम्रो नै मानेको बताए । नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्नुके पछाडी राजनीतिक र संविधान जोगाउने प्रश्नसँग जोडिएको बताए ।  
    ‘फुलको आखाँमा फुलै संसार, हामीले राम्रो गरेका छौं’ उनले भने –‘कतिपय साथीहरु कागले कान लग्यौ भनेर कुद्ने प्रवृति देखिएको छ, कान छाम्नुस, त्यसै नकुद्नस् ।’ उनले आफुहरु ठीक ठाउँमा रहेको बताउँदै आफूहरुको राजनीतिक मुद्दा ठीक भएको बताए ।  ‘पार्टी बनाएर ठिक गर्यौं की बेठिक गर्याैं, घटनाक्रम र राजनीतिक उकुसमुकुसले बताइरहेको छ’ उनले भने –‘संविधान बचाउन र कम्यूनिष्ट आन्दोलनलाई स्थापित गर्नका लागि पार्टी गठन गरेका हौं ।’

    उनले २०७७ सालमा एमालेको पार्टी सदस्य १ लाख ५ हजार रहेको स्मरण गर्दै अहिले नेकपा एसको पार्टी सदस्य १ लाख ५० हजार सदस्य रहेको बताए । ‘हामी सानो छैनौं, मधेशमा हाम्रो पार्टीप्रति जनलहर बढिरहेको छ’ उनले भने । बैठकमा पार्टीका उपमहासचिव मेटमणि चौधरी, लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय लगायतको उपस्थिति थियो ।