२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सरकारद्वारा विपद् सङ्कटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा राहत प्रदान

शनिवार , कार्तिक ३, २०८१

  • 550
    Shares
  • 550
    Shares
  • काठमाण्डौं । सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा राहत, पुनस्थापना र पुनर्निर्माणका लागि ४३ करोड रुपैयाँ पठाउने निणर्य गरेको छ । 

    शुक्रवार रातीसम्पन्न मन्त्रिपरिषद्को बैठकले विपद् सङ्कटग्रस्त स्थानीय तहलाई तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पठाउन  रकम निकासाको निणर्य गरेको हो । 

    यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्नका लागि पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ । 

    सिफारिस समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य एक जना, सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की, स्टेला तामाङ र वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।

    अब सिफारिस समितिले आयोगको पदाधिकारीमा नियुक्तिका लागि व्यक्तिको नाम सिफारिस गर्ने र त्यसपछि सरकारले उक्त सिफारिसका आधारमा दुवै आयोगमा सरकारले पदाधिकारी नियुक्त गर्नेछ ।