२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली

बिहिवार , आश्विन २४, २०८१

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २४ असोज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रुपन्देही जिल्ला इञ्चार्जको जिम्मेवारी मोहम्मद अलीले पाएका छन् । युवा नेता अलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र यादवले बिहीबार जिल्ला इञ्चार्जमा मनोनयन गरेका हुन् । 

    जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका अलीले पार्टीको विधानमा रही देश र जनताको पक्षमा काम गर्ने बताए । उनले भने, ‘पार्टीले दिएको जिम्मेवारी बहन गर्नेछु । सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।’