२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

सिद्धार्थ बाल गृहमा निःशुल्क आँखा जाँच शिविर

बुधवार , आश्विन २३, २०८१

  • 949
    Shares
  • 949
    Shares
  • भैरहवा, २३ असोज ।
    रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा निःशुल्क बाल आँखा जाँच शिविर सम्पन्न भएको छ । विश्व दृष्टि दिवस २०२४ को अवसरमा नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर–३, रुपन्देहीको आयोजनामा शिविर भएको हो ।

    सप्ताव्यापी कार्यक्रम अन्तर्गत मंगलबार आयोजना गरिएको शिविरमा २२ जना विद्यार्थीहरूको आँखा जाँच गरी निःशुल्क चश्मा तथा औषधि वितरण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजकत संजीव अधिकारीले बताए ।

    WhatsApp Image 2024-10-08 at 3.12.59 PM.jpeg

    शिविरको उद्घाटन कार्यक्रममा नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप  राणा, नेपाल नेत्र ज्योतिसँग रुपन्देही शाखाका सभापति कमलराज जोशी, सचिव गणेश बहादुर क्षेत्री, कोषाध्यक्ष राजेश कुमार ढकाल, अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर ज्ञानेन्द्र लामिछाने, बाह्य कार्यक्रम निर्देशक सह–प्राध्यापक डा. कविन्द्र बज्राचार्य, अस्पताल व्यवस्थापक प्रकाश रायमाझी, उप–व्यवस्थापक तुलसी प्रसाद पराजुली, बाह्य कार्यक्रम संयोजक संजीव  अधिकारी, नेत्र अधिकृत रमा खनाल, स्वास्थ्य शिक्षा संयोजक अमर गौतम लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा चिफ मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेले कार्यक्रमबारे जानकारी गराएका थिए । त्यस्तै अस्पतालका अध्यक्ष सागर प्रताप राणाले सिद्धार्थ बालगृहमा रहेका बालबालिकाहरुलाई आगामी दिनमा अस्पतालमा निःशुल्क आँखा जाँच तथा अन्य सेवा उपलब्ध गराउने बताए ।

    WhatsApp Image 2024-10-08 at 3.13.01 PM.jpeg