२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

नेता–कार्यकर्ताको सेल्टरदाता नापितको निधनले अपूरणीय क्षति : लिला गिरी

बुधवार , आश्विन १६, २०८१

  • 799
    Shares
  • 799
    Shares
  • भैरहवा, १६ असोज ।
    नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले पार्टीका नेता कार्यकर्ताको सेल्टरदाता ईश्वरादेवी नापितको निधनले एमालेलाई अपूरणिय क्षति भएको बताएका छन् । 

    एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ कमिटीले बैंककलोनीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै गिरीले भूमिगत समयमा पार्टीका नेता कार्यकर्तालाई सेल्टर दाता, नेता कार्यकर्ताको मूल्यांकन गर्ने, इमान्दारीताको बारेमा प्रष्ट भन्ने, सटिक विश्लेषण गर्ने एक कर्मठ योग्य इमान्दार नेताको अवसानले पार्टीलाई ठूलो क्षति पुगेको बताए । 

    नापित बाम तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय, तत्कालिन नेकपा मालेका नेता तथा कार्यकर्ताको सेल्टरदाता, एमाले नगर कमिटी, क्षेत्रीय कमिटी हुँदै जिल्ला सल्लाहकार एबं अखिल नेपाल महिला संघ (अनेमसंघ) नगर कमिटी अध्यक्ष र २०५४ सालमा जनप्रतिनिधिको रुपमा नेतृत्व गरेकी थिइन् । 

    श्रद्धाञ्जली सभामा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, केन्द्रीय सल्लाहकार प्रा.डा. कपिलदेव लामिछाने, पार्टीको रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपाध्यक्ष हितराज पन्थी, एमालेका नेताहरु राजेन्द्र प्रसाद पन्थी, विश्वराज बराल (अनुप), जिल्ला सदस्यहरु सीता काफ्ले, डिजाइन थापा, कृष्ण मल्ल ठकुरी, श्यामलाल बराइली, सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापा, नगर उपसचिव माया कंडेल, सिद्धार्थनगर वडा नम्बर ८ का अध्यक्ष थानेश्वर पाण्डे (प्रकाश) लगायतको उपस्थिति रहेको थियो ।

    461045840_1494947357851632_5549671992533098550_n.jpg

    ईश्वरादेवी नापितको ७४ वर्षको उमेरमा असोज ९ गते सिद्धार्थनगर–८ स्थित बैंककोलोनी  आफ्नै निवासमा निधन भएको थियो । स्व. नापितको दुई छोरा छन् ।