२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह

बुधवार , आश्विन ९, २०८१

काठमाडौं, ९ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतको समिकरणमा सरकार बनाएको बताएका छन् ।

बुधवार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८÷९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपा९एमाले० लगायतका दलहरुको सरकार बनेको बताएका हुन् । उनले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । 

उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरु समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए । उनले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरित गएर संविधानमा भएका अधिकारहरुको कटौती नगर्ने बताए । 

उनले अर्थतन्त्रको गतिशिलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरु संसदमा नलैजाने बताए ।