२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै एसियन बुद्ध होटल

शनिवार , आश्विन ५, २०८१

  • 559
    Shares
  • 559
    Shares
  • भैरहवा, ५ असोज ।
    रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । सिद्धार्थनगर नगरपालिका–८ मा अवस्थित होटलले प्रत्येक महिनाको पहिलो शनिबार उक्त कार्यक्रम गर्दै आएको छ ।

    सोही क्रममा शनिबार (आज) बिहान होटल वरपरका सडक तथा शिव मन्दिर क्षेत्रमा सरसफाई गरिएको अपरेशन म्यानेजर जे.पी. सुवेदीले जानकारी दिए ।

    ‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका साथ कार्यक्रम सञ्चालिन गरिदै आएको सुवेदीले बताए ।

    स्वच्छ वातावरणका लागि सरसफाई आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै होटलले यो कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । चारतारे होटल एसियन बुद्धले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको उनले बताए । 

    WhatsApp Image 2024-09-21 at 7.27.38 AM.jpeg
    WhatsApp Image 2024-09-21 at 7.27.16 AM.jpeg