२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन जान लागेका प्राचार्यलाई विदाई

शनिवार , आश्विन ५, २०८१

  • 631
    Shares
  • 631
    Shares
  • तिलोत्तमा, ५ असोज ।
    चीनको छिजिङ प्रान्तमा २०२४ सेप्टेम्बर २२ देखि सेप्टेम्बर ३० तारिखसम्म सञ्चालन हुन गइरहेको अन्तर्राष्ट्रिय शिक्षा तथा साँस्कृतिक सम्मेलनमा भाग लिन जान लागेका रुपन्देहीको तिलोत्तमा–१, ड्राइभरटोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यलाई विदाई गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठ, सञ्चालक महेन्द्र कुमार अमात्य, राजिव श्रेष्ठ, आमुल कसजू, उपप्राचार्य इन्द्रप्रसाद भुसाल, संयोजक, शिक्षक, प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुले अध्ययन अवलोकन भ्रमण सार्थक र उपलब्धीपूर्ण बनोस् भन्दै शुभकामना दिंदै आचार्यलाई टीका र खादा लगाएर विदाई गरेका हुन् ।

    सम्मेलनको आयोजकको निमन्त्रणालाई स्वीकार गर्दै प्राचार्य आचार्यले उक्त कार्यक्रममा पठाउन लागिएको विद्यालयका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजुले जानकारी दिए । 

    उक्त कार्यक्रमको प्रमुख उद्देश्य शैक्षिक अभ्यास र मूल्यमान्यता विद्यालय तहमा लागू गर्ने सन्दर्भमा छलफल हुने र विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा साँस्कृतिक गतिविधि आदानप्रदान हुने, नैतिक मूल्यसहित नेतृत्व विकास सम्बन्धमा विश्वव्यापी रुपमा भइरहेको अभ्यासको आदानप्रदान, शिक्षामा विश्वव्यापी रुपमा भइरहेको शिक्षण अभ्यास, सामूहिक परियोजना कार्य र अन्तरदेशीय साँँस्कृतिक अभ्यासको प्रवद्र्धन सम्बन्धी अभ्यासहरु, सहकार्यद्वारा विद्यार्थी तथा शिक्षकहरुमा सिकाइको अवसर सृजना गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ ।

    कार्यक्रमबाट विद्यालयमा विद्यमान शिक्षण पद्दतिलाई विश्वव्यापी रुपमा भइरहेको नविनतम शिक्षण सिकाईका अभ्यासहरुको जानकारी लिंदै विद्यालयमा नविनतम अभ्यास प्रवर्धन गर्न तथा विद्यार्थीमार्फत स्वदेशी संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा पहिचान गर्न गराउन महत्वपूर्ण योगदान पुग्ने विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले जानकारी दिए ।