२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसंग सौदावाजी गर्न पाइदैन : रवि लामिछाने

बिहिवार , आश्विन ३, २०८१

  • 547
    Shares
  • 547
    Shares
  • काठमाडौं, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसंग सौदावाजी गर्न नपाइने बताएका छन् ।

    संविधान दिवसका अवसरमा रास्वपाले बिहीबार काठमाडौंमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसंग सौदावाजी गर्न नपाइने बताएका हुन् ।

    दुईतिहाईको सरकारको प्रारम्भीक काममा आत्मबल नदेखिएको उनले बताए । उनले अहिलकोे अवस्थामा चूनाव निकै खर्चिलो हुदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातीक संसदको व्यवस्था गर्नुपर्ने धारणा राखे । पैसाको बलमा चूनाव जित्ने प्रवृतिले सदन पूर्ण रुपमा सक्रिय हुन नसकेको उनको भनाइ छ । लामिछानेले राष्ट्रियसभालाई बिद्धानहरुको सभा बनाउनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे । संविधानको सवल पक्ष समावेशी र समावेशीता भएको भन्दै उनले यसलाई कुनै हालतमा कमजोर बनाउन नहुने बताए ।

    उनले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नदिएका कारण समस्या देखिएको पनि बताए । लामिछानले शासकीय प्रणालीमा सुधार गरेरमात्रै नहुने भन्दै दलहरु सच्चिनुपर्ने र नेता छान्ने प्रणालीका बिषयमा दलहरुले सवैभन्दा पहिला आफ्नो पार्टीको बिधान परिमार्जन गर्नुपर्नेमा जोड दिए ।