२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

भानु माविमा खानेपानी तथा शौचालय निर्माण सहयोग तथा हस्तान्तरण

बिहिवार , आश्विन ३, २०८१

  • 883
    Shares
  • 883
    Shares
  • भैरहवा, ३ असोज ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ भानुपथस्थित श्री भानु माध्यमिक विद्यालयमा फिल्टरसहितको शुद्ध खानेपानी एवं चेञ्जिङ रुमसहितको छात्रा शौचालयको निर्माण सहयोग तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । खानेपानी व्यवस्थापनतर्फ माछापुच्छ्रे बैंक लिमिटेड भैरहवा शाखा, एसियन फर्मास्यूटिकल्स प्रा.लि. ओमसतिया–१ र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले सहयोग गरेका थिए । त्यस्तै छात्रा शौचालय निर्माणतर्फ नारायण प्रसाद भण्डारी, विमल सेन्चुरी र बासुदेव पौडेलले सहयोग गरेका थिए ।

    विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीका अनुसार माछापुच्छ्रे बैंकले सामान खरिदका लागि रु. १ लाख ५० हजार, एसियन फर्मास्यूटिकल्स प्रा.लि.ले रु. १ लाख ५० हजार र रेडक्रस सोसाइटीले फिल्टर मेशिन जडान गरेको थियो । फिल्टरसहितको शुद्ध खानेपानी निर्माण गर्न रु. ३ लाख ५५ हजार खर्च भएको प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।

    त्यस्तै छात्रा शौचालय निर्माणका लागि नारायण प्रसाद भण्डारीले रु. ६२ हजार, विमल सेन्चुरीले रु. ३० हजार र बासुदेव पौडेलले रु. २२ हजार सहयोग गरेका थिए । शौचालय निर्माण गर्न रु. ६ लाख खर्च भएको विद्यालयले जनाएको छ । सहयोगबाहेक केही रकम विद्यालयले लगाएको थियो ।

    राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा बुधबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयले सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तिहरुलाई कृतज्ञता व्यक्त गरेको छ । विद्यालयले सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई आगामी फागुन ९ गते विद्यालयको ४९ औं वार्षिक उत्सवमा सम्मान गर्ने जनाएको छ ।

    IMG_8665.JPG

    सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले यस्तो सहयोगले विद्यालयलाई अघि बढाउन मद्दत हुने बताए । उनले भने, ‘पवित्र ठाउँमा सहयोग गर्नुभएको छ  विद्यालयको विकासका लागि यहाँहरुको निरन्तर साथ र सहयोग आवश्यक छ ।’ 

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपाने, माछापुच्छ्रे बैंक लि. लुम्बिनी प्रदेश प्रमुुख सरोज पोखरेल, बैंकका भैरहवा शाखा प्रमुख हेम बहादुर लामा, डीआरएम रघुनाथ भट्टराई, एसियन फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हुतानन्द खनाल, समाजसेवी नारायण प्रसाद भण्डारी, विमल सेन्चुरी लगायतको उपस्थिति रहेको थियो ।

    IMG_8688.JPG