२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ : मुख्यमन्त्री सिंह

बिहिवार , आश्विन ३, २०८१

  • 715
    Shares
  • 715
    Shares
  • काठमाडौं, ३ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने बताएका छन् ।

    मधेसको गृहसञ्चार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटीहरु सच्याउन सकिने बताए । अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको बताए । उनले अहिले संविधानको बिरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए। 

    प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए । लोसपाले संविधान दिवसको बिरोधमा आज कालो दिवस मनाइरहेको छ ।