२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

लुम्बिनीमा संविधान दिवस : निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान

बिहिवार , आश्विन ३, २०८१

  • 820
    Shares
  • 820
    Shares
  • दाङ, ३ असोज ।
    लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समारोहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य मन्त्रीका स्वकीय सचिव सुदर्शन पाण्डेले जानकारी दिए । 

    संविधान दिवसको अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालहरुमा बुधबार (आज) एक दिनको लागि निःशुल्क ल्याव परिक्षण, ओपिडी शुल्क समेत निःशुल्क गरिएको छ । मूल समारोहको अवसरमा ब्लड प्रेसर, सुगर लगायत एक सय ५० जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

    त्यस्तै लमही रक्त सञ्चार केन्द्र संगको सहकार्यमा गरिएको रक्तदान शिविरमा २१ पोइन्ट रगत संकलन भएको थियो ।