२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लोसपाले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउँदैछ : केन्द्रीय सदस्य गुप्ता

बिहिवार , आश्विन ३, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ३ असोज ।
    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउँदैछ  । असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइँदै आइएको छ । तर, लोसपाले भने आजको दिनलाई कालो दिनका रुपमा मनाउने पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले बताए ।

    ‘२०७२ साल असोज ३ गते जारी भएको संविधानले नेपालका सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गर्न सकेन । संविधानमा रहेको त्रुटी नसच्याएसम्म हाम्रो संघर्ष जारी रहन्छ,’ गुप्ताले भने । उनले संविधानमा रहेका त्रुटी सच्याउन संविधान संशोधन गर्नुपर्ने माग गरे ।