२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

सरकारलाई सांसदहरुको सुझाव : राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गरौँ

बुधवार , आश्विन २, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • काठमाडौं, २ असोज । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् ।

    सत्तारुढ काँग्रेस–एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र( का राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तिब्रताका साथ अघि बढाउन छुट्टै कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन् । बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद समेत रहनुभएका समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनका लागि सरकारले छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने बताए । उनले राष्ट्रिय गौरवको आयोजना छनौटमा पनि गम्भिर हुन सरकारलाई सचेत गराए । 

    सत्तारुढ नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले राष्ट्रिय गौरवका आयोजनाहरुको घोषणमा हतार नगर्न पनि सरकारलाई सुझाव दिए। 

    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले कम लागतमा बढी प्रतिफल आयोजनाहरुको छनौट गर्न सरकारसँग आग्रह गरे । उनले पर्याप्त बजेट नहुने राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

    सांसद सार्कीले देश र जनताको हित हुने खालको आयोजनाहरुको कामलाई अघि बढाउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।