२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

एमाले सिद्धार्थनगर–११ को अध्यक्षमा तेजेन्द्र यादव

आइतवार , भाद्र ३०, २०८१

  • 712
    Shares
  • 712
    Shares
  • भैरहवा, ३० भदौ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेजेन्द्र यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताए ।

    कमिटीको उपाध्यक्षमा कन्हैया यादव, सचिवमा हरिद्वार प्रसाद जैसवाल, उपसचिवमा सुभावती हरिजन (चमार) र जयप्रकाश तेली रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा रामदास यादव, कुन्ज बिहारी कोहार, इबारत हुसेन, रामसमुक्त कलवार, मूलचन्द चौधरी, सरताज हुसेन मुसलमान, जब्बार अली धुनिया, सन्तराम चाई, इन्नर चाई र तिरथ कुर्मी रहेका छन् ।

    कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थी, रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर वडा नम्बर १० का वडाअध्यक्ष सुर्जमन यादव, ११ का वडाअध्यक्ष दिलिप कुमार यादव लगायतले भनाइ राखेका थिए ।