२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिँड्न थाले : काँग्रेस सांसद श्रेष्ठ

आइतवार , भाद्र ३०, २०८१

  • 610
    Shares
  • 610
    Shares
  • काठमाडौं, ३० भदौ । सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद किरणबाबु श्रेष्ठले सय दिन पनि नपुग्दै सरकारको विरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रलाई आग्रह गरेका छन्।

    प्रजातान्त्रिक मुुलुकहरुमा सय दिन पनि नपुग्दै सरकारको विरोध गर्नु, उसको काममा अवरोध गर्ने प्रयास गर्नुलाई उचित मान्न नसकिने उनको भनाई थियो । आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताबाट बाहिरिने बित्तिबै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए । दाहालले मुलुक वंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न पनि चेतावनी दिए।

    सांसद श्रेष्ठले आफू सरकारमा हुँदा भएको गल्तीको जिम्मेवारी दाहालले पनि लिनुपर्ने बताए।