२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

खबरपात्रोकर्मी गुप्तासहित पाँच पत्रकार सम्मानित

आइतवार , भाद्र ३०, २०८१

  • 868
    Shares
  • 868
    Shares
  • बुटवल, ३० भदौ । 
    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीको १० औं वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । 

    संघका जिल्ला अध्यक्ष बिल गुरुङले नवनिर्वाचित अध्यक्ष तिलक केसीलाई पद हस्तान्तरण गरेका छन् । अध्यक्ष तिलक केसीले एन प्याप्सन समय र वचनको उदाहरण पेश गर्ने गरी काम गरेको बताए ।

    कार्यक्रमको एन प्याप्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले उद्घाटन गर्दै शिक्षामा निजी क्षेत्रको योगदानको अवमुल्याकन भएको दावी गरे । सरकारको ठूलो लगानीबाट आउने प्रतिफल भन्दा निजी विद्यालयहरुको राम्रो नतिजा दिदै आएको भन्दै बेलामा नै निजी क्षेत्रलाई सम्बोधन गर्न उनले आग्रह गरे ।

    कार्यक्रममा एनप्याब्सनका लुम्बिनी प्रदेश सचिव टोपेन्द्र खनालले निजी विद्यालयहरुलाई धरापमा पार्ने गरी रणनीति सफल नहुने तर्क दिदै यो खेललाई रोक्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

    कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शैक्षिक पाठ्यक्रम र पद्यतीलाई बदल्न जरुरी रहेको बताए । कुनै पनि विद्यालय अहिले जस पाउने अवस्थामा नरहेको उनले दुःखेसो गर्दै नेतृत्व र व्यक्तित्व विकास गर्ने गरी शिक्षालाई जोड दिन जरुरी रहेको बताए । पाठ्यक्रमलाई प्रदेश संरचनामा ढालेर लैजान समेत उनले सुझाव दिए । 

    कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेल, सदस्य बालकृष्ण तिवारी, देउप्रकाश राई, विष्णुप्रसाद पौडेल, पुरुषोत्तम बस्याल, प्रदेश सह–सचिव जेबि क्षेत्री, पुस्तक तथा स्टेशनरी केन्द्रिय सल्लाहकार मनहरी बस्याल, राष्ट्रिय अभिभावक संघ रुपन्देहीका अध्यक्ष भोज बहादुर बुढाथोकी, जिल्ला उपाध्यक्ष बाबुराम बन्जाडेले शिक्षा क्षेत्रमा पछिल्लो समय नयाँ परिवर्तन आउन लागेको भन्दै यसबाट थोरै भए पनि सुधार हुनेमा आशावादी रहेको बताए ।

    यसैबीच शैक्षिक र खेलकुद विधामा योगदान पुर्याएका पाँचजना पत्रकारहरुलाई समेत सम्मान गरिएको एन प्याब्सन रुपन्देहीका सचिव अमित यादवले बताए । कार्यक्रममा खबरपात्रो डटकमका समाचार सम्पादक रबिन्द्र प्रताप गुप्तासहित पाँचजना पत्रकारलाई नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । सम्मान हुनेमा स्वस्तिक श्रेष्ठ, तेजेन्द्र के.सी., झबिन्द्र देवकोटा र कृष्ण भण्डारी रहेका छन् ।

    kkk.jpg