२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

रूपन्देहीमा काठमाडौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार

शनिवार , भाद्र २९, २०८१

  • 721
    Shares
  • 721
    Shares
  • रुपन्देही, २९ भदौ ।
    काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्राममा रेडियण्ट कलेज स्थापना भएको छ । हालै मणिग्रामस्थित रेडियण्ट कलेजमा काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम बी.टेक.एड.आई.टी. एण्ड बी.आई.टी.शैक्षिक पाठ्यक्रमको अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।

    अभिमुखीकरण कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका विभागीय प्रमुख विनोद पन्तले लुम्बिनी प्रदेशमै पहिलोपटक यो कार्यक्रम सञ्चालन भएको र विद्यार्थीहरूले दोस्रो वर्षदेखि नै आयसहितको इण्टर्नशीपको सुविधा पाउने बताए ।

    कलेजका अध्यक्ष इन्जिनियर आलोक कुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल अनन्त पाण्डेय, सल्भ टेक सफ्टवेयर कम्पनीका सीईओ पवन नेपाल, इन्फिनिट प्रालिका इञ्जिनियरिङ निर्देशक प्रकाश अर्याल लगायतले बोल्दै यस क्षेत्रलाई आई.टी. शिक्षामा पनि अघि बढाउन रेडियण्ट कलेजमार्फत् योगदान पुग्ने बताए ।

    कार्यक्रममा बोल्ने विद्यार्थीहरू मोनिका पाण्डेय, श्रीकृष्ण चन्द्र तिवारी, बबिता गुप्ता, आयुश वाग्ले लगायतले अत्याधुनिक प्रविधि र पाठ्यक्रममा आधारित शिक्षाबाट लाभान्वित हुन पाएको भन्दै खुसी व्यक्त गरे । 

    कलेजका अध्यक्ष आलोक कुमार पाण्डेले कलेजमा पहिलो वर्ष अध्ययन गर्नासाथ विद्यार्थीलाई इन्टर्नसिप र रोजगारीको अवसर उपलब्ध गराउन नेपालमै पहिलोपटक २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर कम्पनीसँग सहकार्य गरेको जानकारी दिए ।

    WhatsApp Image 2024-09-14 at 18.20.50 (1).jpeg