२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु : कृषिमन्त्री अधिकारी

शुक्रवार , भाद्र २८, २०८१

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, २८ भदौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन् ।

    शुक्रवार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरिसकेको बताए । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेको बताए । उनले बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिवद्धता जनाए । 

    मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले व्यवसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उल्लेख गरे ।