२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता थियो : गगन थापा

मंगलवार , भाद्र २५, २०८१

  • 730
    Shares
  • 730
    Shares
  • काठमाडौं, २५ भदौ । नेपाल काँग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता भएको बताएका छन् ।

    मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा नै व्यक्तिको स्वतन्त्रता भएको भन्दै स्वतन्त्रता नभइकन समानता सम्भव नरहने विपीको सोच रहेको बताएका हुन् । उनले समानताको पूर्वशर्त भनेको स्वतन्त्रता रहेको बताए । उनले स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रहेको बताए। उनले स्वतन्त्रतामा टेकेर समानताका लागि विपीले प्रयत्न गर्नुभएको बताए। उनले विपीले जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता भन्ने सिद्धान्त अघि सार्नुभएको स्मरण गरे । 

    महामन्त्री थापाले विपीको लागि स्वतन्त्रता नै अन्कम्प्रमाइजिङ कुरा भएको बताए ।