
मंगलवार , भाद्र २५, २०८१
काठमाडौं, २५ भदौ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दुःखदायी भएको बताए । उनले सहमतीको आधारमा उपसभामुख बन्नु भएकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडी बढ्न नसक्ने धारणा राखे । उनले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडी बढ्न नसक्ने बताए । उनले प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरुबारे पनि धेरै प्रश्नहरु रहेको उल्लेख गरे । उनले सरकारका मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टि स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गरे ।
उनले उपसभामुख रानालाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij