२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

उपसभामुख रानालाई एमालेको सुझाव : पदबाट राजीनामा दिनुस्

मंगलवार , भाद्र २५, २०८१

  • 625
    Shares
  • 625
    Shares
  • काठमाडौं, २५ भदौ । सरकारको नेतृत्व गरिरहेको नेकपा ९एमाले० का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

    आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उनले मार्ग प्रशस्त गर्न उपयुक्त हुने उनको सुझाव थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने बताए । उनले पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानविनका लागि सहयोग गर्नु उचित हुने बताए। 

    सांसद बास्कोटाले लोकतन्त्रको दुहाई दिनेहरुले आफूमाथि उठेको हरेक प्रश्नको जवाफ दिने आँट गर्न सक्नुपर्ने बताए।