२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

सहकारी सम्बन्धि छानविन समितिको ध्यान मोड्न म माथि सहकारी ठगीको आरोप लगाइयो : धनराज गुरुङ

मंगलवार , भाद्र २५, २०८१

  • 502
    Shares
  • 502
    Shares
  • काठमाडौं, २५ भदौ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् ।

    मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन् । उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए । उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्‍याएका थिए । उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे । 

    उपसभापति गुरुङले आफूले श्रीमति ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताए ।