२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

सरकारले पीडित जनतालाई यथाशिघ्र राहत दिनुपर्छ : काँग्रेस नेता खड्का

सोमवार , भाद्र २४, २०८१

  • 910
    Shares
  • 910
    Shares
  • काठमाडौं, २४ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

    सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जनता बिद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरुलाई वर्षातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो भने त्यसले मुलुकमा भयावह अवस्था ल्याउने दावी समेत गरे   । नेता खडकाले जनताको संवेदनशीलताप्रति सरकार उदासिन भयो भने त्यसले जनविद्रोहलाई जन्माउने भएकाले त्यसतर्फ समेत भएर अघि बढ्नुपर्ने पनि बताए । उनले उदयपुर जिल्लामा त्रियुगा नदीले बस्तीको नागरिकलाई विस्थापित गराएकाले उनीहरुलाई सुरक्षित बस्तीमा स्थानान्तरण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

    नेता खड्काले जनताप्रति सरकारले उदासिनता देखाउन नहुने पनि स्पष्ट पारे।