२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स सिद्धार्थनगर गौतम बुद्धले ‘लायन्स कर्पोरेट नाईट’ गर्दै

आइतवार , भाद्र २३, २०८१

भैरहवा, २३ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले ‘लायन्स कर्पोरेट नाईट’ सिजन–२ (साँस्कृतिक साँझ) गर्ने भएको छ । क्लबले यही भदौ २८ गते शुक्रबार कार्यक्रम गर्न लागेको आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी जनाएको छ ।

क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष सफी खानले ‘लायन्स कर्पोरेट नाईट’ कार्यक्रम भदौ २८ गते शुक्रबार साँझ ६ बजेदेखि भैरहवास्थित दरबार बैंक्वेटमा हुने जानकारी दिए । 
कार्यक्रममा राष्ट्रिय कलाकार कमल खत्रीसहित स्थानीय कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक राजु बस्नेतले जानकारी दिए । क्लबको कोष अभिवृद्धि गरेर सामाजिक कार्य गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बस्नेतले बताए । 

पहिलो सिजनको सफलतापछि पुनः दोस्रोपटक कार्यक्रम गर्न लागिएको लायन्स सिद्धार्थनगर गौतम बुद्धका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ताले बताए । सन् २०१८ सालमा स्थापना भएको यो क्लबले सामाजिक कार्य गर्दै आएको गुप्ताले जानकारी दिए । 

कार्यक्रम आयोजना गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने र करिब ५० देखि ८५ हजार आम्दानी हुने क्लबका पूर्वअध्यक्ष गौतम गुप्ताले बताए । ‘कार्यक्रमबाट हुने आम्दानी (रकम) बाट निःशुल्क स्वास्थ्य शिविर गर्नेछौं, ’उनले भने । कार्यक्रममा क्लबका सदस्यहरु, कर्पोरेट क्षेत्रमा संलग्न व्यक्तित्वलगायत गरी करिब ३ सय जनाको उपस्थिति हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा प्रवेश शुल्क (टिकट) वापत रु. १ हजार ५ सय तोकिएको क्लबका द्वितीय उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए । 

क्लबका कोषाध्यक्ष समिर बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको मुख्य प्रायोजक सुगम आवास निर्माण प्रा.लि. रहेको आयोजकले जनाएका छन् ।