२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

रेडक्रस सिद्धार्थ उपशाखाद्वारा मधुमेह तथा रक्तचाप परीक्षण

शुक्रवार , भाद्र २१, २०८१

  • 955
    Shares
  • 955
    Shares
  • भैरहवा, २१ भदौ ।

    नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाले शुक्रबार भैरहवामा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण गरेको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणस्थानमा आउने भक्तजनहरुलाई मध्यनजर गर्दै मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम गरिएको रेडक्रस उपशाखाका अध्यक्ष राजेश जि.सी.ले बताए ।

    कार्यक्रममा २०४ जनाको मधुमेह तथा रक्तचाप परीक्षण गरिएको रेडक्रस सिद्धार्थ उपशाखाका सचिव राम प्रसाद सापकोटाले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेडक्रस रुपन्देहीकी उपसभापति रुपमा हिराचनले रेडक्रसले सामाजिक कार्य गर्दै आएको बताइन् । 

    कार्यक्रम संयोजक पदमा श्रेष्ठको स्वागत, विनिता श्रेष्ठको आस्था पाठ तथा रेडक्रस सिद्धार्थ उपशाखाका सचिव राम प्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थ उपशाखाका निवर्तमान सभापति बसन्त कुमार लाल कर्ण, नारायणस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद उपाध्याय लगायतले बोलेका थिए ।

    कार्यक्रममा अनमोल फार्मा प्रा.लि.सिद्धार्थनगर–८, लुम्बिनीरोड, भैरहवाका प्रोप्राइटर शैलेस उपाध्यायले किट तथा मेसिन सहयोग गरेका थिए ।

    WhatsApp Image 2024-09-06 at 2.18.48 PM.jpeg