२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नव दुर्गा माविमा अभिमुखीकरण

बिहिवार , भाद्र २०, २०८१

  • 463
    Shares
  • 463
    Shares
  • भैरहवा, २० भदौ ।
    मानव बेचविखन तथा ओसारपसारविरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । माइती नेपाल आवधिक गृह भैरहवा रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–४ दोगहरास्थित श्री नव दुर्गा माध्यमिक विद्यालयमा विद्यार्थीलाई बुधबार अभिमुखीकरण गरिएको छ । 

    मानव बेचबिखन भनेको के हो, कसरी बेचिन्छ, बेचबिखनबाट कसरी बच्न सकिन्छ यसका कानूनी उपचारहरु के छन् ? जस्ता विविध विषयमा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रशिक्षणमूलक प्रस्तुतीकरण गरेकी थिइन् ।

    कार्यक्रममा विद्यालयका ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । मानव बेचबिखनका बारेमा विद्यार्थीले बुझेमा घरपरिवार र समाजमा सजिलै र छिटो सचेतना फैलने विश्वास रहेको संयोजक क्षेत्रीले बताइन् । माइती नेपालले मानव बेचबिखनविरुद्ध चेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।