२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्छौं : मन्त्री यादव

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने बताएका छन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको बताए । उनले । यि आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुने बताए। उनले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरु रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने बताए । उनले २५ देखि ३० करोड खर्च तत्काल गर्ने हो भने पानी केही सहज हुने बताए । 

मन्त्री यादवले अहिले ६ दिनमा एक दिन पानी काठमाडौंवासीलाई दिने गरेको बताए ।