२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

सत्तापक्ष र प्रतिपक्षको भुमिका सूर्य र चन्द्रमाको जस्तो हुनुपर्छ : सांसद रिजाल

मंगलवार , भाद्र १८, २०८१

  • 955
    Shares
  • 955
    Shares
  • काठमाडौ, १८ भदौ । नेकपा(एमाले)का सांसद ईश्वरबहादुर रिजालले सत्तापक्ष र प्रतिपक्षले सूर्य र चन्द्रमाको जस्तो भुमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

    मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले उज्यालो छरिएको बेलामा चन्द्रमाले प्रकाश दिएजस्तै सत्तापक्षले भुमिका खेल्न नसकेको ठाउँमा प्रतिपक्षले भुमिका खेल्नुपर्ने बताएका हुन् । उनले प्रतिपक्षले चन्द्रमाको भुमिका निर्वाह नगरी ग्रहणको भुमिका निर्वाह गरेको भन्दै आफू सत्तापक्षमा पुग्दा सोही प्रवृत्ति गलपासो हुने भन्दै दलहरुलाई सचेत गराए । उनले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षको भुमिका परिपूरकको हुने बताए। 

    सांसद रिजालले समानताको सन्देश दिनका लागि संसदमा ‘संघीय संसदको मुल मन्त्र : समानुपातिक विकास र जनपक्षिय लोकतन्त्र’ भनेर नारा नै राख्नुपर्ने धारणा व्यक्त गरे।