२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

रेडक्रस सिद्धार्थ उपशाखाद्वारा वक्तृत्वकला प्रतियोगिता, जेसीज प्रथम

शनिवार , भाद्र १५, २०८१

  • 895
    Shares
  • 895
    Shares
  • भैरहवा, १५ भदौ ।
    नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । मानवतालाई जीवित राखौं भन्ने विषयमा जुनियर रेडक्रस सर्कलहरुबीच प्रतियोगिता भएको रेडक्रस सिद्धार्थ उपशाखाका सभापति राजेश जि.सी.ले बताए ।

    प्रतियोगितामा जेसीज जेसीज किण्डर गार्डेन स्कूलका प्राब्दा के.सी. प्रथम, पश्चिमाञ्चल इङलिस स्कूलका निर्जला पोखरेल द्वितीय, सुसंस्कृत माध्यमिक विद्यालयका जिशान्त रसाइली तेस्रो र सन शाइन स्कूलका साक्षी भट्टराईले सान्त्वना स्थान हासिल गरेको जि.सी.ले जानकारी दिए । उनका अनुसार प्रथम र दोस्रो स्थान हासिल गर्नु विजेताहरुलाई यही भदौ १९ गते रेडक्रस सोसाइटी जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा  सहभागी गराइनेछ । 

    प्रतियोगितामा सिद्धार्थ उपशाखा अन्तर्गत रहेका ११ वटा विद्यालयका जुनियर रेडक्रस सर्कलका प्रतियोगहिरुले प्रतिष्पर्धा गरेको उपशाखाका कार्यसमिति सदस्य एवं जुनियर सर्कल उपसमिति संयोजक पशुपति न्यौपानेले बताए । 

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको निर्णायक मण्डल संयोजकमा रुपमा हिराचन, सदस्यहरुमा शैलेश गुरुङ र कृष्ण मल्ल रहेका थिए ।

    सिद्धार्थ उपशाखा कार्यसमिति सदस्य कुशल कुमार उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा पश्चिमाञ्चल इङलिस स्कूलका प्रिन्सिपल राजु ढकाल, रेडक्रस सिद्धार्थ उपशाखाका निवर्तमान सभापति बसन्त कुमार लाल कर्ण, उपसभापति ललिता बछार, पदमा श्रेष्ठ, घनश्याम लगायतले भनाइ राखेका थिए ।