२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

लायन्स बुटवल स्टार्सद्वारा चिसापानी अस्पताललाई उपकरण प्रदान

शनिवार , भाद्र १५, २०८१

  • 859
    Shares
  • 859
    Shares
  • बुटवल, १५ भदौ ।
    लायन्स क्लब अफ बुटवल स्टार्सले चिसापानी अस्पताल बर्दघाटलाई ३ लाख ५० हजार बराबरको इलेक्ट्रोलाइट एनालाइजर उपकरण (मेशीन) प्रदान गरेको छ । बर्दघाटमा एक कार्यक्रमको आयोजना गरी क्लबका अध्यक्ष भुपेन्द्र अर्यालले बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ र अस्पतालका मेडिकल सुपरटेण्डेटलाई डा. मन्जिला घिमिरेलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन  ।  

    उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सामाजिक क्षेत्रमा लायन्स बुटवल स्टार्सले गरेको योगदान सराहनीय र महत्वपूर्ण रहेको बताए । उनले नगर सरकारले पनि दुर्गम क्षेत्रमा रहेका जनताहरुलाई स्वास्थ्यको पहुँचमा लागि प्रयास जारी राखेको भन्दै आगामी दिनमा पनि क्लबको साथ र सहयोगको अपेक्षा गरे ।

    कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का  गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले सामाजिक क्षेत्रमा क्लबले महत्वपूर्ण कार्यक्रम गर्दै आएको बताए  । उनले सबैको सहकार्यले गर्दा नै समाज परिर्वतनमा मुख्य भूमिका खेलेको बताए ।

    त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले क्लबहरूले ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई समेत समेट्नुपर्ने बताए । कार्यक्रममा प्रथम डिष्ट्रिक भाइस गभर्नर बालाराम भट्टराई, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, सेकेण्ड भिडिजी सन्दीप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, नगर शिक्षा प्रमुख लोकराज पन्थी लगायतले बोलेका थिए ।

    सोही कार्यक्रममा बर्दघाट नगरपालिका अन्तर्गतका सामूदायिक विद्यालयमध्ये सर्वाेत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद, प्रमाणपत्र र पोशाक दिएर क्लबले सम्मान गरेको थियो ।

    WhatsApp Image 2024-08-31 at 7.07.57 AM.jpeg