२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

लागुपदार्थ दुर्व्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ : अध्यक्ष नेपाल

शुक्रवार , भाद्र १४, २०८१

  • 580
    Shares
  • 580
    Shares
  • काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुव्र्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

    शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताए। उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए । उनले  अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गरे। 

    अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताए।