२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नर्सिङ क्षेत्रको पढाईमा देखिएका अन्यौलता हटाउन कानून आवश्यक : शिक्षामन्त्री भट्टराई

बिहिवार , भाद्र १३, २०८१

काठमाडाैं, १३ भदाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाईका बिषयमा देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासंग नर्सिङ क्षेत्रको पढाईलाई जोड्न अहिले देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताएकी हुन् ।

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गिरन् ।

स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि बिभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा बृद्दिको बिषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिइन्। त्रिभुवन विश्वविद्यालयभित्र हुने वेतिथी र समस्या सवैले भोग्नुपरेको भन्दै उहाले विश्वविद्यालयलाई स्वायत्त नवनाएसम्म बलियो बनाउन नसकिने धारणा राखीन् ।

मन्त्री भट्टराईले एसईईको पुरक परिक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरुलाई सीपमुलक बनाउनका लागि सिटिईभिटीमार्फत आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताइन् ।