२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली महिलामाथी अभद्र व्यवहार, सिमानाका बेलहियामा तनाव  

बुधवार , फाल्गुण १९, २०७७

भैरहवा। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सिमा नाका बेलहियामा स्थानिय महिलामाथि अभद्र व्यवहार गरेको छ। भारतिपय शुरक्षार्कीले स्थानिय बेलहियाका महिलामाथि अभद्र व्यवहार गरेको भन्दै अहिले बेलहिया नाकामा नेपाली पक्षले सिमा नाका घेराउ गरेका छन्। 

सिमानाका वेलहियामा अहिले तनाव सृजना भएको छ। स्थानिय महिला माथि भएको अभद्र व्यावहारको बिरोधमा अहिले सयौंको सङख्यामा सिमा नाका बेलहियामा स्थानिय जम्मा भएर नाका पुर्ण रुपमा बन्द गरेको स्थानिय माधब शर्माले जानकारी दिए। 

बजार गर्न भारतीय बजार सुनौली तर्फ जाँदै गर्दा बेलहियाकी एक महिला माथि भारतिय शरक्षाकर्मीले अभद्र व्यावहार गरेका कारण सिमा नाकामा स्वतसफुर्त स्थानिय जम्मा भएर नाका बन्द गरेको स्थानिय उज्वल पोखरेलले जानकारी दिए। 

भारतिय शुरक्षाकर्मीले ती महिला माथि साझ पख अभद्र व्यवहार गरेको स्थानियले आरोप लगाएका छन्। स्थानियको सङख्या बढेपछि सिमानाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको तैनाथी बढाईएको छ भने भारतिय शुरक्षाकर्मीको तैनाथी पनि बढाईएको छ। 

Belahiya Tanab 1.jpg

साझ पख सुनौली तर्फ जाने बेला भारतिय शुरक्षाकर्मीले चेक जाँच गर्ने क्रममा महिलाको कपडा च्यातिएपछि तनाव उत्पन्न भएको रुपन्देही प्रहरीले जनाएको छ। ‘चेकजाँच गर्ने क्रममा कपडा च्यातिएको रहेछ, त्यो जाने बुझेर च्यातियो कि कसरी च्यातियो त्यो खुलेको छैन्, छलफल चलिरहेको छ’ रुपन्देहीका प्रहरी प्रमुख प्रबिण पोखरेलले भने– ‘यसको छलफल तथा छानवीन हुदैछ।’

अहिले दुई देशका शुरक्षाकर्मी वीच सुनौलीमा छलफल भईरहेको रुपन्देही प्रहरीले जनाएको छ। नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी र भारतिय शुरक्षाकर्मीको तर्फबाट डिएमको सहभागिता रहेको रुपन्देहीका प्रहरी प्रमुख पोखरेलले जानकारी दिए। 

भारतिय पक्षले यस अघि पनि नेपालीमाथी पटक पटक दुव्यवहार गर्ने, महिलामाथि अभद्र व्यवहार गर्ने गरेको थियो।