२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

ठूला भनिएका दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता : उपेन्द्र यादव

आइतवार , भाद्र ९, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • काठमाडौं, ९ भदौ ।

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् । 

    आइतबार काठमाडौंमा जनतासँग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थुपार्ने काम भए पनि ठूला भनिएका दलहरुकै कारण अस्थीरता पैदा भएको बताएका हुन् । 

    उनले राजनीतिक स्थीरताका लागि भन्दै संविधान संशोधनमार्फत समानुपातिक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने चेतावनी दिए । अहिलेको प्रणालीलाई बलियो बनाउनका लागि पहिचान र सामथ्र्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने उनले बताए । 

    उनले ठूला दलहरुबाट अब मुलुकको अवस्था सुधार नहुने भएकाले आफूहरु बलियो भएर आउनुपर्नेमा जोड दिनुभयो । यसैका लागि जनतालाई संगठित गर्न चारमहिने जनतासँग जसपा नेपाल, अभियान चलाएको उनले जानकारी दिए ।

    सो अभियानपछि मुलुकलाई जोगाउनका लागि सडक संघर्षमा जानैपर्ने उनले बताए ।