२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता : सांसद शर्मा

आइतवार , भाद्र ९, २०८१

  • 280
    Shares
  • 280
    Shares
  • काठमाडौं, ९ भदौ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताएका छन् ।
    आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै क्षेत्रमा क्रान्तिकारी रुपान्तरण तथा सुधारवादी सोच र कदममा राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले राष्ट्रिय सहमति बेगर राष्ट्रलाई एक कदम पनि अघि बढाउन नसकिने उल्लेख गरे । उनले आज विद्यार्थी संगठनहरु माथि ठूलो सवाल खडा भइरहेको बताए । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदंगा गर्ने अवस्था सिर्जना भएको भन्दै दुःख व्यक्त गरे।

    सांसद शर्माले विद्यार्थी संगठन अहिलेको अवस्थामा पुग्नुको दोष राजनीतिक दलहरुलाई जाने बताए ।