२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा घिमिरे

शनिवार , भाद्र ८, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, ८ भदौ ।
    भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर समाजले तीज मिलन एवं साधारण सभा तथा चौथो अधिवेशन गरेको हो ।

    अधिवेशनको उद्घाटन गर्दे लुम्बिनी प्रदेश सरकारका कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विभिन्न पेशा व्यवसाय गर्न सहरमा बस्नेले गाउँमा आफूले सिकेको सीप लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गर्न सुझाव दिए । उनले भने, ‘हामीले आफनो जन्मभूमिप्रति माया गरेर त्यस ठाउँबाट पलायन हुने जनशक्तिलाई गाउँमै रोजगारी दिएर बस्ने वातावरण बनाउनुपर्छ । परम्परागत शैलीमा सञ्चालन भएको हाम्रा संस्कृतिहरूलाई पश्चिमेली संस्कृतितर्फ ढाल्न हुँदैन । ’

    e2b531ed-d6ea-45f6-aee8-ed17543f3ce4.jpeg

    त्यस्तै मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुंवरले आफनो जन्मथलोलाई उचाईमा पुर्याउन सम्पर्क समाजको भूमिका महत्वपूर्ण रहने बताए । उनले आफूहरु सम्पर्क समाजसँग सहकार्य गरेर विकास तथा अन्य काममा अघि बढने बताए । 

    कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खडका, वडा नम्बर ७ का वडाअध्यक्ष सन्तोष केसी, नेपाल कर्मचारी युनियनका केन्द्रिय सदस्य नबिन पन्थी, सम्पर्क समाजका सल्लाहकार भोजबहादुर केसी, गुल्मी मदाने सम्पर्क समाजका अध्यक्ष अर्जुन कुंवर लगायतले बोल्दै आफनो गाउँ समाजको विकासका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए ।

    सम्पर्क समाजका अध्यक्ष लोकनाथ पन्थीको अध्यक्षतामा तथा सचिव भोजराज जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको समाजका सल्लाहकार बुद्धि पराजुलीले बताए ।

    भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा विष्णु प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा सावित्रा देवी पन्थी, प्रथम उपाध्यक्षमा विष्णुहरि पन्थी, द्वितीय उपाध्यक्षमा भोजराज जि.सी, तृतीय उपाध्यक्षमा प्रकाश पन्थी, महासचिवमा पदम जिसी, सचिवमा चिन्तामणि पन्थी, कोषाध्यक्षमा मीनराज पन्थी र सह–कोषाध्यक्षमा कमला केसी रहेका छन । 

    त्यस्तै सदस्यहरुमा गोपाल भण्डारी, मिन प्रसाद पौडेल, जगत चन्द, तुल्सीराम पन्थी, कमल पन्थी, मिलन पन्थी, कमला पौडेल, नारायण प्रसाद पौडेल, टंक पन्थी र झबिन्द्र पन्थी रहेको निर्वाचन समितिका सदस्य भोज बहादुर केसीले जानकारी दिए ।