२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं, ६ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद कुनै हालतमा मान्य नहुने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार कसुरमा कुनै पनि प्रकारको हदम्याद नराख्न लगातार युवाहरुको फोन आफूलाई आइरहेको भन्दै पाँचवर्षे हदम्याद राख्ने कुरा हुनै हालतमा मान्य नहुने बताए । 

रास्वपा भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्यादको पक्षमा नरहेको उनले बताए । उनले देशका युवाहरुले देशको चिन्ता गर्दै सांसदहरुलाई झकझकाउनु सकारात्मक भएको धारणा राखे । 

हदम्यादको विरोधमा सिंगो सदन एक ठाउँ उभिने उनको विश्वास छ । त्यस्तै लामिछानेले नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रुपमा हेरेको भन्दै यसको स्पष्ट परिभाषा आउनुपर्नेमा जोड दिए ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले राज्यको विभिन्न निकायमा दलितको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका दलित अधिकारकर्मी खगेन्द्र सुनुवारलाई प्रहरीले प्रक्राउ गरेको भन्दै आपत्ति जनाए । आफ्ना माग लिएर आन्दोलन गरिरहेकामाथि हस्तक्षेप गर्नुको साटो संविधानले निर्दिष्ट गरेअनुसार राज्यको विभिन्न निकायमा उनीहरुको सहभागीता गराउनुपर्ने उनले बताए ।