२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

जनताको अधिकार खोस्न खोजेको भन्ने प्रचारमा सत्यता छैन : उपप्रधानमन्त्री सिंह

सोमवार , भाद्र ३, २०८१

  • 322
    Shares
  • 322
    Shares
  • काठमाडौं, ३ भदौ ।
    उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् । श्री नेवाः सम्पर्क समूह रामेछापको ३१ र्औ साधारणसभालाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै सिंहले कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल भएको भन्दै जनताको अधिकार हनन नगर्ने स्पष्ट पारे । 

    लामो समय मुलुक अस्थिरताबाट गुर्जि्र्रएकाले राजनीतिक स्थायीत्व दिनको लागि कांग्रेस एमालेसँग मिलेको उनले बताए । उनले सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको जिकिर गरे । उपप्रधानमन्त्री सिंहले छिटै देशमा केही परिवर्तन भएको महसुस हुने दावी समेत गरे ।