२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

दुई दल मात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था जटिल हुन्छ : डा. शेखर कोइराला

शुक्रवार , श्रावण ३२, २०८१

  • 343
    Shares
  • 343
    Shares
  • मोरङ, ३२ साउन ।
    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर ७ स्थित डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।


    संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दल मात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गगरे ।

    उनले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे।

    नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगंगा गाँउपालिकाले मृगौला, मुटु तथा मधुमेह सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । नेता कोइरालाले विरामी जाँच गर्दै निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गरे ।