२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत हो : अध्यक्ष दाहाल

बिहिवार , श्रावण ३१, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • काठमाडौं, ३१ साउन । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन्।

    बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए। उनले उपमहँस्चिव जनार्दन शर्माले पार्टी फटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताए। उनले पार्टी एकतावद्ध भएको पनि बताए। 

    संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडितकेन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको जिकिर गरे । दृढतापूर्वक कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए।