२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

शेखरले भने–आगामी महाधिवेशनमा मेरो स्वतः सभापतिमा दावी

बिहिवार , श्रावण ३१, २०८१

  • 283
    Shares
  • 283
    Shares
  • काठमाडौं, ३१ साउन ।
    नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् । बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दावी रहने बताएका हुन् ।

    उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने जिकिर गरे । कोइरालाले मुलुकलाई स्थायीत्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए । उनले राजनीतिक स्थायीत्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको धारणा राखे ।

    कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कोशी सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको उनले बताए ।