२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

विद्युत उत्पादनमा जोड दिन उर्जा राज्यमन्त्री तामाङको आग्रह

बिहिवार , श्रावण ३१, २०८१

  • 601
    Shares
  • 601
    Shares
  • काठमाडौं,३१ साउन । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले  विद्युत उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।

    बिहीवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताएका हुन् । उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतभ्रमणमा जाँदा  १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भए बमोजिम भारतमा विद्युत निर्यातको लागि प्राधिकरणले उत्पादनमा जोड दिनुपर्ने बताए । 

    उनले हाईड्रोपावर बनाउन लाइसेन्स लिएको दुई वर्षमा काम शुरु गर्ने भएपनि लाइसेन्स लिएर घरमा राख्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताए ।उनले जलविद्युत उत्पादनको लागि भएका बैंक तथा वनका समस्यामा सरकार सहजिकरण गर्न तयार रहेको बताए । उनले भारतले नेपाललाई पेट्रोलियम पदार्थमा हरेक महिना दुई पटक मूल्य घटाउने र बढाउने गरेकोप्रति आपत्ति जनाए । 

    उनले मुलुकमा धेरै भन्दा धेरै जलविद्युत उत्पादन गर्नसके मात्रै उज्यालो देश बनाउन सकिने बताए ।